Rashtriya Dainik

सञ्जय मौर्यको १४ वर्षे राजनीतिक यात्रा: केन्द्रीय सदस्यकाे सशक्त उम्मेदवारी

काठमाडौं, जेठ २७ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। महाधिवेशनमार्फत संगठनको नयाँ नेतृत्व चयन गरिनेछ। सहमति कायम नभए मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने तयारी गरिएको छ।

यसै क्रममा लुम्बिनी प्रदेशबाट सञ्जय मौर्यले केन्द्रीय सदस्य पदमा सशक्त उम्मेदवारी दिएका छन्। विगत १३ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय मौर्य संगठनभित्र एक शालीन, नीतिवान् र संघर्षशील नेताका रूपमा चिनिन्छन्। विद्यार्थी हकहित, शैक्षिक सुधार र प्रणालीगत विकृति विरुद्ध स्पष्ट दृष्टिकोणसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

सामाजिक अभियान र विद्यार्थी आन्दोलनमा सँगसँगै क्रियाशील रहेका मौर्यले मधेशी समुदायकाे प्रतिनिधित्व गर्दै लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनभित्र गहिरो अनुभव संकलन गरेका छन्।
विविध सामाजिक गतिविधिमा पनि सक्रिय रहेका मौर्यले लामो समयदेखि विभिन्न जिम्मेवारी बहन गर्दै संगठनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

सञ्जय मौर्यको १४ वर्षे राजनीतिक यात्रा:
२०६८ सालमा अनेरास्ववियुमा आवद्ध भई क्षेत्रीय कमिटि सदस्य हुँदै सोही वर्ष जिल्ला अधिवेशन प्रतिनिधि बने।
२०७२ सालमा संविधान घोषणाको समयमा एमाले कार्यकर्ता भएकै कारण मधेसवादी दलको आक्रोश झेल्दै घरमा ढुंगामुढा भोगे।
२०७३ सालमा जिल्ला कमिटि सदस्य।
२०७४ सालमा प्रदेश निर्वाचनको क्रममा विद्यार्थी परिचालन सहसंयोजक र जिल्ला सचिवालय सदस्यको जिम्मेवारी।
२०७६ सालमा नेकपा एकतापछि अनेरास्ववियू जिल्ला कार्यालय सदस्यको रूपमा कार्यरत।
२०७८ सालमा अनेरास्ववियु जिल्ला उपाध्यक्ष तथा प्रवक्ताको भूमिका।
२०८१ सालमा कार्यवाहक अध्यक्ष हुँदै लामो समयदेखि हुन नसकेकाे जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गराउँदै अध्यक्षमा निर्वाचित।
मौर्यको अनुभव, दूरदृष्टि र समर्पणले उनलाई संगठनको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदार बनाएको छ। विद्यार्थी आन्दोलनमा दीर्घ योगदान पुर्याएका उनको उम्मेदवारीले लुम्बिनी प्रदेशको प्रतिनिधित्वलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित