नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत सुस्ता गाउँ सङ्गठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालनको तयारी गरेको छ ।
पार्टीको आइतवार सम्पन्न गाउँपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो । अभियानको क्रममा असार ५ गते केन्द्रीय योजना अनुसार जिल्ला सदरमुकाम परासीमा हुने अभियान उदघाटनलाई भब्य रुपमा सफल बनाउने पालिका संयोजक सोम बहादुर बिश्वकर्माले बताए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय , गोबिन्द बहादुर साठिघरे लगायतले भ्रष्टाचार बिरुद्वको अभियानको चरणहरु र समसामयिक राजनैतिक बिषयमा मन्तब्य दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

