Rashtriya Dainik

सुनचाँदी व्यवसायी संघ नवलपरासीले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

अमृता सुनार/नवलपरासी ,जेठ २५

नवलपरासी सुनचाँदी व्यवसायीले सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भिर आपत्ति जनाउदै जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई सयुक्त ज्ञापन पत्र बुझाएका छन ।

हालै नेपाल सरकार द्धारा २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनाको व्यवसायमा गरिएका थप व्यवस्था प्रति संघको आपत्ति रहेको भन्दै संयुक्त ज्ञापन पत्र बुझाएको जिल्ला महासचिव देवेन्द्र वि.कले जानकारी दिनुभयो ।

गर गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) प्रति संघका कार्यवाहक अध्यक्ष र महासचिवले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

भारतमा भन्दा नेपालमा सुनको गहना मुल्य ४ प्रतिशतले अर्थात करिव ८ हजार प्रति तौलको फक हुने र हिरा जवाहरातका गहनामा भारतमा बढिमा ४.२६ प्रतिशत (जिंएस टि र अन्य शूल्क सहित) रहेकोमा नेपालमा १३ प्रतिशत भ्याट लागू भए पछि मूल्यमा ठूलो अन्तर भई यसले नेपालको तराई क्षेत्रका बजार मात्र प्रभावित नभई सिंगो देशकै बजार प्रभावित हुने भई यसले देशको सुनचाँदी बजार धरासायी हुने निश्चित भएको उल्लेख छ ।
सुनचाँदी तथा हिरा–पत्थर जडित गहनाको कारोबारमा फिर्ता विक्री ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न विक्री मूल्य र खरिद मूल्यमा कम भन्दा कम फरक हुनुपर्दछ । तर, करको यो नयाँ संरचनाले त्यसमा ठूलो बाधा पुर्याउने निश्चित प्रायःदेखिन्छ ।

सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिल्यै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ । यसबाट लाखौं व्यवसायी तथा कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने ज्ञापनपत्रमा लेखिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित