अमृता सुनार/नवलपरासी ,जेठ २४
पश्चिम नवलपरासीको सुनवल १ स्थित सोमनाथ बाबा माध्यमिक विद्यालयमा टब् साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै खाली समयको सदुपयोग होस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा फाइनलमा पुगेका २ टिम धान्यान्चल मावि र सोमनाथ मावि बिच भएको खेलमा धान्यान्चल मावि विजय हो।
निर्धारित समयमा दुवै पक्ष बाट १/१ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जसमा धान्यान्चल माविले ३ र सोमनाथ माविले २ गोल गरेका थिए । उक्त खेलमा प्रथम स्थान हासिल गर्ने टोली धान्यान्चल माविले २० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ भने उपविजेता सोमनाथ माविले नगद १० हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक बिष्णु पन्थको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष बोधराज घिमिरे(बद्री)को प्रमुख आतिथ्यतामा भएको फुटसल प्रतियोगिताका सल्लाहकार बासुदेब पौडेल, जिल्ला शिक्षा समिती नवलपरासीका सदस्य सुर्य प्रसाद न्यौपाने, विद्यालय संचालक कृष्ण प्रसाद लामिछाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

