नन्दु यादव फागुन ४नवलपरासी
बिद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी नवलपरासीका विभिन्न शैक्षिक संस्थाहरुमा धुमधामका साथ वसन्त पञ्चमी अर्थात श्रीपञ्चमी मनाइएकोछ । विद्यार्थीहरुले सरस्वतीको पूजा गरेमा मनग्यै विद्या आर्जन हुने धार्मिक विश्वास रहेकाले पनि विषेश गरी शैक्षिक संस्थाहरुमा सरस्वतीको पूजा धुमधामका साथ मनाइएको हो । यसै गरि नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकामा रहेकाे शैक्षिक सस्थाहरुले पनि धुमधामका साथ सरस्वती पुजा मनाएका छन ।त्रिभुवन क्याम्पस बेलाटारी ,त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,महेन्द्र माध्यमिक बिद्यालय साेमनी ,गणेश माध्यमिक बिद्यालय बसहिया ,जनता माध्यमिक बिद्यालय भुजहवा ,अादर्श माध्यमिक बिद्यालय सेमरी ,सनराई ईङलिस बाेर्डिङ स्कुल बेलाटारी ,न्यु चिल्ड्रेन एकेडेमि बेलाटारी,लिटिल बुद्ध ई .स्कुल गाेपिगन्ज ,जीवन ज्याेति प्रा बि झुलनिपुर लगायत सबै बिद्यालय मा मनाईएकाे छ । सरस्वती पुजाको दिन शुभकार्य गर्न साइत हेराउनु पर्दैन भन्ने मान्यता रही आएको छ ।
साना–साना नानीहरुलाई सरस्वतीको दर्शन गराई अक्षर लेख्न पनि आजकै दिन बाट सिकाउने परम्परा रहेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

