नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत प्रतापपुर गाउँ सङ्गठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने भएको छ ।
पार्टीको शनिवार गोपिगन्जमा सम्पन्न गाउँपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो । जस अनुसार असार ५ गते केन्द्रीय योजना अनुसार अभियान उदघाटनलाई भब्य रुपमा सफल बनाउने पालिका संयोजक यम बहादुर गुरुङले बताए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा , अर्का केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय , सल्लाहकार गुणनिधि पोखरेल लगायतले भ्रष्टाचार बिरुद्वको अभियानको चरणहरु र समसामयिक राजनैतिक बिषयमा प्रशिक्षण दिए।
सो अवसरमा जिल्ला सल्लाहकार अबोध,मदन ,अर्जुन, जिल्ला सदस्य उज्ववल र कृष्णले जन सम्बन्ध विस्तार अभियानको प्रभाव बारे अनुभुति राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

