Rashtriya Dainik

प्रतापपुर ८ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,४५० जनाको स्वास्थ्य परिक्षण

आरपि उपाध्याय / नवलपरासी ,२४ जेठ

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा न. ८ को आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी भैरहवाको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर पिपरपातिमा सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका वडा न.८ का वडा अध्यक्ष सन्तोष राजभरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री देवकरण कलवारले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु भगवानको दोस्रो रुप भएकोले भगवानको दोस्रो रुपमा नागरिकहरूको ठूलो विश्वास र भरोसा रहेकोे बताउनु भयो।

मन्त्री कलवारले मृत्युको मुखमा पुगेका बिरामीहरुलाई चिकित्सकको उपचारबाट सन्चो भइ आफ्नो घरायसी जीवनमा फर्केको आफ्नै गाउँको एक नागरिकको उहाँले उदाहरण दिनुभएको थियो।
निशुल्क स्वास्थ्य शिविरमा मेडिकल कलेज भैरहवाका प्रशासन कोर्डिनेटर तेज कुमार के.सी.ले आफ्नो भनाइ राख्दै उपचारका लागि आउने बिरामीहरुका लागि पहेँलो टिकट दिइएको र उक्त टिकटमा विशेष छुटको व्यवस्था गरेको बताउदै स्वास्थ्य समस्या परेको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन हर्दै आएको पनि जानकारी दिनुभयो।

निशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा स्थानीय युवराज मौर्य,सुदामा कोइरी,सञ्चारकर्मी आर.पि.उपाध्याय लगायतले निशुल्क स्वास्थ्य शिविरको विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो।

स्वास्थ्य शिविरमा ४५० बिरामीहरुको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको पनि आयोजकले जानकारी दिएको छ।
प्रतापपुर गाउँपालिका वडा न.८ ले प्रत्येक वर्ष युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी भैरहवाको जनशक्तिबाट स्वास्थ्य परिक्षण गराउदै आएको बताइएको छ।
निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक र सहायक चिकित्सकद्वारा स्वास्थ्य परिक्षण गराइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित