Rashtriya Dainik

पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममा टिफिन बक्स वितरण

राष्ट्रिय दैनिक /नवलपरासी ,२४ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममा अध्यनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको हो ।

ईस्लामिक सहयोगी समाजद्वारा सरावल गाउँपालिका वडा नम्बर ४ पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममामा अध्ययनरत १९ जना विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरिएको हाे।

सरावल ४ का युवा बिदेशमा रहि नेपालका अन्य युवाहरूलाई समावेशगरि ईस्लामिक सहयोगी समाज गठन गरि नेपालमा विभिन्न सामाजिक काम गर्ने उद्देश्य सहित टिफिन बक्स वितरण गरिएको मदर्शा ब्यवस्थापन समिति अध्यक्ष जहिर खाँले बताउनुभयो । खाँले युवाहरु बिदेशमा भएपनि सानाे प्रयास अगामि दिनमा ठुलो हुने भन्दै गरिएको सहयोगकाे प्रशंसा गर्नुभएको थियो ।बिस्कुट, डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउलगायत बाहिरका खानेकुराले विद्यार्थीमा स्वास्थ्य समस्या देखिने गरेकाले घरको ताजा खाना, खाजा ल्याउन टिफिन बक्स वितरण गरिएको मदर्शा अध्यक्ष खाँले बताउनुभयो ।

टिफिन बक्स वितरणले विद्यालयमा ‘जङ्कफुड’ निरुत्साहित गरी बालबालिकालाई घरमा तयार गरिएको खाजा ल्याएर खाने बानी विकास गरी पोषण, स्वास्थ्य र शिक्षण सिकाइ सुधार हुने शिक्षक राजेन्द्र बि.क ले विश्वास ब्यक्त गर्नुभएको हाे।

टिफिन बक्स वितरणले विद्यार्थीको शैक्षिक विकासमा मद्दत पुग्ने अभिभावकहरुले बिश्वास ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित