Rashtriya Dainik

मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोस्रो ठूलो पर्व बकरइद मनाउँदै

काठमाडौं ,२४ जेठ

मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोस्रो ठूलो पर्व बकरइद (इद–उल–अजहा) मनाउँदै छन् ।

मुस्लिम समुदायले मस्जिद तथा इदगाहमा गएर विशेष नमाज पढ्ने गर्दछन् । शनिबारबाट सुरु भएको यो पर्व तीन दिनसम्म चल्ने छ । इस्लाम धर्मावलम्बीहरूले हजरत इब्राहिमले अल्लाहको आदेशमा आफ्नो प्रिय छोरा इस्माइलको बलिदान दिन तयार भएको ऐतिहासिक घटनालाई स्मरण गर्दै जनावरको कुर्बानी (बलि) दिने परम्परा छ ।

६५ वर्षको उमेरमा एक मात्र पुत्र पाएका हजरत इब्राहिमले अल्लाहको नाममा आफ्ना छोरालाई कुर्बानी (त्याग) गर्न राजी भएको विषयसँग जोडिएको छ ।कुर्बानी गरिएका जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफन्त, एक भाग गरीब विपन्न र एक भाग आफ्ना लागि उपयोग गरिन्छ । कुर्बानी इस्लाम धर्मले हलाल भनिएको जानवरको मात्रै हुन्छ । यो पर्वलाई मुस्लिम समुदायले ‘कुर्बानी’ पनि भनेर सम्बोधन गर्र्न गर्छन् । कुर्बानी भनेको त्याग हो ।

मोफ्ती उसमान बराकातीले भन्छन्, ‘जनावरको कुर्बानी मात्र होइन, अल्लाहले मानवलाई आफूभित्रका नकारात्मक आचरण, व्यवहार, कार्यलाई कुर्बानी अर्थात् त्याग गर्न यो पर्वले सन्देश दिन्छ ।’ कुर्बानी पर्वले जीवनको महत्त्व बुझ्न र सम्मान गर्न पनि सिकाउने गरेको मोफ्ती बरकारतीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित