Rashtriya Dainik

प्रेस युनियनको ३४ औं स्थापना दिवसकाे अवसरमा मैत्रीपूर्ण फुटसल , प्रेस चाैतारी विजयी

राष्ट्रिय दैनिक / नवलपरासी ,२०जेठ

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सुनवल नगरपालिका -१२ भुमहीस्थित फुटसल ग्राउण्डमा भएको नेपाल प्रेस युनियन नवलपरासी र प्रेस चौतारी नवलपरासी शाखाबीच मैत्रीपूर्ण फुटसल खेल भएको थियो। उक्त मैत्रीपूर्ण खेलमा निर्धारित समयमा १–१ गोलगरी बराबरी अवस्थामा खेल सम्पन्न भएको थियो। प्रेस चाैतारीकाे तर्फबाट राज कुमार रेश्मीले गाेल गर्नुभएको थियो भने प्रेस युनियनको तर्फबाट अनिल चाैधरीले गोल गर्नुभएको थियो ।

प्रेस चौतारीले प्रेस युनियनलाई टाइब्रेकरमा १-२ ले हराउँदै प्रेस चौतारी बिजयी भएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश कुमार बि.कको अध्यक्षता तथा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य रबिन चापागाईंको प्रमुख आतिथ्यमा फुटसल भएको थियो।

मैत्रीपूर्ण खेलमा बिजेता प्रेस चाैतारीलाई युनियनका अध्यक्ष उमेश कुमार बि.क र प्रमुख अतिथी रबिन चापागाईंले मेडल र ट्रफी प्रदान गर्नुभएको थियो । त्यस्तै उपबिजेता युनियनलाई ट्रफी र उत्कृष्ट खेलाडी चाैतारीकाे राज कुमार रेश्मीलाई ट्रफी प्रदान गरिएको थियो ।

फुटसल खेल समापनमा बोल्दै प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य चापागाईंले मैत्रीपूर्ण खेलकुदले पत्रकारबीचमा आपसी भाईचाराको विकास हुनुका साथै स्वास्थ्य प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। वहाँले पत्रकारहरुले सबै क्षेत्रको निगरानी गर्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस्तै युनियन अध्यक्ष बि.क ले मैत्रीपूर्ण फुटसलले भातृत्वको विकास गर्नुका साथै स्वास्थ्यका लागी पनि उपयोगी भएको बताउनुभएको थियो । अध्यक्ष बि.क ले युनियनको कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सबै सहयोगी हातलाई धन्यवाद दिदै श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताउनुभयो ।

नेपाल प्रेस युनियन नवलपरासीका सचिव अनिल यादवका अनुसार केन्द्रीय निर्देशनअनुसार स्थापना दिवसकाे सप्ताहव्यापी कार्यक्रमअन्तर्गत साेमबार फुटसल प्रतियोगिता गरिएको हाे। फुटसल समापन समारोह कार्यक्रमको सञ्चालन युनियन सदस्य रन्जित शर्माले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित