Rashtriya Dainik

कृष्णनगरको बसपार्कमा यात्रीहरूका लागि निशुल्क खानेपानी

अजय मिश्र/कपिलवस्तु ,जेठ १९

कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्रीहरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ।

आज एक कार्यक्रमका बिच भारतबाट आउने श्रद्धालु तथा यात्रीहरूलाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए।

कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्री हरूलाई सहज हुने बताए।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउदै आफूहरूबाट हुने सहयोग गर्ने बताए।

निशुल्क खानेपानी उद्घाटन कार्यक्रममा वडा सदस्य नारायण कनोडिया, राहुल मोदनवाल, रेनु शर्मा, वडा सचिव जगदीश प्रसाद यादव, गणेश प्रसाद चौधरी समाजसेवी पप्पू खान, शेखर बर्मा लगायत अन्यको उपस्थित रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित