Rashtriya Dainik

नेपाल र भारतकाे पत्रकार त्रिवेणीकाे लक्ष्मीनारायण नागा बाबा मन्दिरमा

आरपि उपाध्याय / नवलपरासी ,१८ जेठ

ईन्डो नेपाल बोर्डर पत्रकार संघको त्रैमासिक बैठक विनयी त्रिवेणी ६ स्थित लक्ष्मीनारायण नागा बाबा मन्दिरमा आइतबार सम्पन्न भएको छ।

बैठकले त्रिवेणी स्थित पुराना मठमन्दिरहरुलाई पर्यटकको केन्द्रबिन्दु बनाउदै ठूलो सङ्ख्यामा धार्मिक पर्यटकलाई त्रिवेणी भित्राउनेबारे बैठक केन्द्रित रहेको जानकारीमा आएको छ।

त्रैमासिक बैठकको उद्घाटन गर्दै लक्ष्मीनारायण नागा बाबा कुटीका पिठाधिस एवं नेपालका अन्तर्राष्ट्रिय पुर्व कुस्ती खेलाडी केशव दासले वि.स. १९६० देखि धार्मिक गतिविधि गर्दै आएको नागा बाबा कुटी मन्दिरको पछिल्लो अवस्था जीर्ण भएबाट यसतर्फ नेपाल भारतका सम्वन्धित पक्षको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो।
पिठाधिस केशव दासले त्रिवेणीमा रहेका दुई दर्जन मठमन्दिर मध्ये नागा बाबा कुटी मन्दिर तत्कालीन पिठाधिस लक्ष्मीनारायण बाबाले सृजना गरेको लामो समयपछि पत्रकारहरुको ध्यानाकर्षण गराउन पाउँदा आफू उत्साहित रहेको बताउन भयो।
साथै त्रिवेणी धामलाई भारतको अयोध्यासंग जोड्न सकिए धेरै भारतीय तिर्थालुहरु पनि त्रिवेणी धामको अवलोकन गर्ने वातावरण मिल्ने पनि उहाँले जिकिर गर्नुभयो।

ईन्डो नेपाल सिमा पत्रकार संघको त्रैमासिक बैठकमा डा.बिनोद निता कडेल आँखा अस्पताल परासीका प्रबन्धक अजय पाण्डे,नवलपुर होटल व्यवसायी संघका उपाध्यक्ष प्रकाश कुवर,नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश कुमार बि.क.,इन्डो नेपाल सिमा पत्रकार संघका संरक्षक वरिष्ठ पत्रकार आर.पि. उपाध्याय लगायतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो।
दुई सत्रमा सञ्चालन भएको बैठकको पहिलो सत्र उद्घाटन सम्बन्धि गतिविधि भएको थियो भने बन्द सत्रमा नेपाल भारतका पत्रकारहरुले सिमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न दुबै देशका पत्रकारहरुले आफ्नो प्रशासनको ध्यानाकर्षण गर्नुका साथै सिमा क्षेत्रमा भएका मठमन्दिरलाई नेपाल भारतका पर्यटकको केन्द्रबिन्दु बनाउन प्रचारप्रसार कार्यलाई निरन्तरता दिने निर्णय भएको संघका महासचिव नत्थु शर्माले जानकारी दिनुभयो।


त्रैमासिक बैठकमा नेपाल भारतका दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको संगठन प्रमुख संजय पाण्डेले जानकारी दिदै आर्थिक र सांगठनिक प्रतिवेदन पेस गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित