संजय कुशवाहा / नवलपरासी ३ फागुन
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । त्यसैगरी पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. ६ को जन जागृति माध्यमिक बिधालयमा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
जन जागृति माध्यमिक बिधालयको आयोजनामा वसन्त पच्चमीको पावन अवसरमा आयोजित माता सरवस्तीको पुजा नोत्सव तथा पुरस्कार वितरण एवम् साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका कार्वाहकअध्यक्ष अंजु कुमारी चौधरीको प्रमुख अथित्यता तथा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सुजित गुप्ताको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बाेल्दै कार्यवाहक चाैधरीले विद्या/ज्ञान/शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । बिधालयका भौतिक संरचना निर्माण र गुणस्तरीय शिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन ।
विशिष्ट अथिती वाड न.६ का वडा अध्यक्ष रामहरि उपध्याय , सशस्त्र प्रहरी निरीक्षक संतोष खरेल ,गुठी परसौनी आयुर्वेद शाखाका प्रमुख दिन बन्धु मिश्रा , बाबुराम सुवेदी ,लक्ष्मी हरीजन , लगायतहरूको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा २०७६ सालमा प्रथम ,दुतिय र त्रितिय स्थान उतिर्ण गरेका बालविकास कक्षा देखि कक्षा १२ सम्मका बिध्याथीहरूलाई सन्तावना पुरस्कार वितरण गरिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

