सुरेश यादव / नवलपरासी ,१७ जेठ
महाकवि देवकोटा क्याम्पस सुनवलले औद्योगिकीकरण, पर्यटन र स्थानीय समृद्धिका लागि अनुसन्धान” भन्ने मुल नारासहित प्रथम राष्ट्रिय सम्मेलन मनाएको छ ।
क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रतिनिधि सभासदस्य धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद प्रधानले भविष्यका कर्णधार युवाहरुलाई समय सापेक्ष गुणस्तरिय शिक्षा प्रदान गरि सुनवललाई शैक्षिक हबको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ।उहाले शिक्षा र स्वास्थ्य आजको प्रमुख आवश्क्ता भएको भन्दै यस क्षेत्रमा मानव अंग प्रत्यारोपण केन्द्र र सुविधा सम्पन्न अस्पतालका निर्माणका लागि आफुले सदनमा निरन्तर आवाज उठाउदै आएको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले आवश्यक्ता र दिर्घकाालिन योजना बिना बनेका बिकास निर्माणले राज्यको करोडौ सम्पति खेर गएको बताउनुभएको छ । उहाले कुनै पनि योजनालाई अलपत्र बनाएर छोड्नु भन्दा दिर्घकालिनलाई सोचेर मात्र कदम अगाडी बढाउन जोड दिनुभयो।
कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल, निवर्तमान नगरप्रमुख भिमबहादुर थापा, देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा केसिलगायतले अनुसन्धानको संस्कृति विकास गर्न र नीति निर्माणमा सहयोग पुर्याउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।सम्मेलनमा व्यवस्थापन, सूचना प्रविधि, शिक्षा र सामाजिक विज्ञानका क्षेत्रमा अनुसन्धान र त्यसको स्थानीय विकासमा योगदान विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।
क्याम्पस प्रमुख नारायण ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हरिदत्त शर्माले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

