आरपि उपाध्याय / नवलपरासी ,१६ जेठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एक विशेष कार्यक्रमका बिच सातौं राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ।
सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गितादेवी चौधरीको अध्यक्षता तथा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले आफ्नो हक, अधिकार खोज्दा आफ्नो कर्तव्य कहिल्यै बिर्सन नहुने धारणा राख्दै अधिकार खोज्नेले आफ्नो जिम्मेवारीप्रती पनि सचेत रहन सुझाव दिनुभयो।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पुरुष र महिलाले अधिकार पाउनुपर्ने मान्यताप्रती सबै पक्ष गम्भीर रहनपर्ने बताउदै उहाँले तालिमले दिएको सीप र ज्ञानलाई आफ्नो दैनिक जीवनमा लागू गर्न सके मात्र कार्यक्रमको औचित्य पूरा हुने जिकिर गर्नुभयो।
सो अवसरमा पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश केशव प्रसाद अधिकारीले जनप्रतिनिधि सहित महिला सहभागीहरुलाई सहजीकरण गर्दै कानुनको पहुँचभन्दा टाढा रहेकालाई एक दिने तालिम फलदायी रहने बताउनु भयो।

कार्यक्रममा सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,वडा सदस्य कुन्तीदेवी चौधरी,आमा समुहकी चोकमाया घले, पवित्रा न्यौपाने लगायतले प्रतिक्रिया मन्तव्य दिनुभएको कार्यक्रम सञ्चालिका सावित्रा आलेले जानकारी दिनुभएको छ।

कार्यक्रममा पालिका अन्तर्गतका महिला सञ्जाल,आमा र किशोरी समुहहरु, सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधि तथा जनप्रतिनिधिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

