मुक्ती तिवारी / बर्दघाट
आफुहरुले गरेको उत्पादनले बजार नपाएको भन्दै बर्दघाट नगरपालिकाका किसानहरुले नगरपालिकाको कार्यालय हाताभरी गोलभेडा फालेर बिरोध जनाएका छन।
बाहिरबाट आयातित गोलभेडाले बजार पाएको र आफ्ना उत्पादनहरु खपत नभएको भन्दै किसानहरूले गोलभेडा फालेर प्रदर्शन गरेका हुन।
लकडाउनले लामो समय सम्म मारमा परेका कृषकहरुको उत्पादनको अहिले अवस्था सहज हुदा पनि बजारिकण हुन नसकेको र बाह्र्य उत्पादनले बजार पाउँदा स्थानिय स्तरमा उत्पादित तरकारी बारिमै कुहिने अवस्था आएको र आफुहरुले लाखौ घाटा ब्योहोर्नु परेको किसान हरुको गुनासो छ।
परिवार नै कृषिमा निर्भर रहि करिब १० बिघामा लगाएको तरकारीले बजार नपाउदा आफुहरु निकै नै मारमा परेको र लाखौको लगानी डुबेकाले बाध्यात्मक रुपमा आन्दोलनमा उत्रनु परेको बर्दघाट १४ नेपालटारका कृषक बिनोद नेपालले बताए।अहिले उत्पादित टमाटर १० रुपैया किलोमा समेत नबिकेको उनले बताए।
नगरले स्थानिय स्तरमा उत्पादित तरकारीको बजार सुनिश्चितता नगरेको,बाह्र आयातित तरकारीमा रोक नलगाएको र तरकारी संकलन केन्द्रको स्थापना नगरेकोले किसानहरु कृषि पेशा बाट नै बिस्थापित हुनु पर्ने अवस्था आएको उनको भनाई छ।नगरपालिकाले सो क्षेत्रलाई तरकारी पकेट क्षेत्र को रुपमा घोषणा समेत गरेको थियो।

किसानहरुले १५० क्यारेट,करिब ३५ क्विन्टल गोलभेडा फालेर बिरोध गरेका थिए।बिरोध कार्यक्रममा बर्दघाट १४ र ७ का संयुक्त किसानहरुको सहभागीता रहेको थियो।आफ्ना माग सम्बोधनका लागि किसानहरुले यस विषयमा ध्यानाकर्षण गराउदै उपप्रमुख मायादेबी पौडेललाई ज्ञापन पत्र बुझाएका छन।
नगरले नगर भित्रका केही वडा हरुलाई विभिन्न बालिहरु र तरकारी पकेट क्षेत्रको रुपमा राखेपनी स्थानीय उत्पादनले खासै बजार नपाएको बिरोधमा सहभागी कृषकहरुले बताए।
यता नगरले भने स्थानिय उत्पादन खपतका लागि तरकारी संकलन केन्द्र स्थापना गर्ने योजना रहेको बताउदै आईरहेको छ।
बिरोधपछी ९ सदस्यिय बार्ता टोलि गठन भएको र चाडै नै छलफलका लागि अगाडि बढिने उपप्रमुख मायादेवी पौडेलले जानकारी दिईन।यस बिषयमा नगरप्रमुख धिरज शर्मा बस्याल सित धारणा लिनलाई बारम्बार फाेन गर्दा उहाँको फोन उठ्न सकेन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

