Rashtriya Dainik

जगरनाथपुर गा.पा बन्यो पर्यटकिय स्थल, गा.पा अध्यक्ष यादवले गरे विभिन्न याेजना उद्घाटन

राजन कुमार बानिया/पर्सा, १५ जेष्ट

गणतन्त्र दिवसको अवसरमा पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिकाको दसौतामा अाज एक कार्यक्रमका बिच पर्यटन सुचना केन्द्र,कुस्ती अाखडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट र रास्ट्रिय ध्यज निर्माणको एकै साथ प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले अाज उद्घाटन गर्नु भएको छ।

भारतको ईनार्वा बोर्डर नजिक नेपाल को सिमावर्ती दसौतामा पर्यटन बोर्ड र जगरनाथपुर गाउँपालिकाको सयुक्त लगानीमा निर्माण भएको पर्यटन सूचना केन्द्र,कुस्ती अखडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोस्ट तथा राष्ट्रिय ध्वज निर्माणको एक कार्यक्रमका बिच फिता काटेर प्रमुख अतिथि अध्यक्ष यादवले उद्घाटन गर्दै भने यो जगालाई केही स्थानियहरु अतिक्रम गरि राखेककोले सो जगा मुक्त गराई पर्यटकीय स्थलको रुपमा बनाएको छ।

यश बाट नेपाल भारतका जनता हरुले घुमफिर गर्नको लागि सफासुथर, रमणिय ,मनमोहक स्थलको रुपमा हेर्ने बनेको हो।तिसौ वर्ष देखि यो नारायणी सिचाईक‍‍ो जग्गालाई अतिक्रम गरि राखेकोले वडाअध्यक्ष नेपाली कुशवाहाको सहयोगमा अतिक्रमण मुक्त गराएर यो जगामा नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा सुन्द्रिकरणिय, गराई रमणिय स्थल बनाएकोले अाक्रसन बढेकोले पर्यटन पर्यबर्धनमा टेवा पुगने गापा अध्यक्ष यादवले बताए ।

शान्ति सुरक्षाको लागि सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टको साथै पर्यटन सुचना केन्द्र ,कुस्ती अखडा,नेपाल ध्वज निर्माणको उद्घाटन गरिएको छ। अाक्रमण गरि राखिएको नारायणी सिचाईको जग्गालाई मुक्त गराउन सफल वडाखध्यक्ष नेपाली कुशवाहा साहित जनप्रतिनिधि हरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त यादयले बधाई समेत दिनु भएको थियो।उद्घाटन कार्यक्रम वडा अध्यक्ष नेपाली कुशवाहाको अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।

उद्घाटन कार्यक्रममा नेपाल भारतका जनप्रतिनिधि ,प्रहरी प्रशासन हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष बबिता सिंह ,प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव,नेपाली काँग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा,सशस्त्र प्रहरी बल बिअोपी भिखमपुरका डिएसपी रमेश कुमार गुरुङ भारतिय एसएसबी ईनार्वाका प्रमुख कोमल सिंह, ईलाका प्रहरी जानकिटोलाका बरिस्ठ सई धर्मेन्द्र ठाकुर,वडाअध्यक्ष,बिहारी महतो,सुबास साह,लक्ष्मि साह तेली,लेखापाल सन्देश कुशवाहा,ईन्जिनियर सदाम हुसेन,स्वास्थ्य संयोजक प्रभेन्द्र साह, नेपाली काँग्रेस क्षेत्रिय सचिव बलिष्टर अहमद , युवा नेता मन्जय गिरी,लगायतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित