कृष्णा यादव / वीरगंज ३ फाल्गुन
सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीले अवैधरुपमा भारतवाट नेपाल भित्रायाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।
कुखुराको चल्ला तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा भलुहवाघाटको बिचवाट सशस्त्र प्रहरी बल बिअोपी अमरपर्टीवाट सशस्त्र प्रहरी निरीक्षक निरंजन कार्कीको कमाण्डमा रहेको टोलीले अवैध कुखुराको चल्ला ५ हजार पक्राउ गरि पशु क्वाईरन्टाइनर र स्थानियको रोहबरमा नष्ट गरिएको हो।
त्यसै गरि सशस्त्र प्रहरी बल बिओपी अलौले अाज सोमबार बिहान पर्साको तिलावे पुल नजिकवाट बिशेष सूचनाको अाधारमा भारतवाट नेपाल भित्राउदै गरेको अवस्थामा ३ हजार कुखुराको चल्ला सहित साईकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब निरीक्षक बब्लु सिंहले बताउनुभयो ।
सशस्त्र प्रहरीद्वयले पक्राउ गरेको ८ हजार करिब अवैध चल्ला ६ लाख बराबरको बरामद गरि नष्ट गरेएको सशस्त्र प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

