सरस्वती पुजाको अवसर पारेर बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुक बहादुर गुरुङले बिद्यार्थीहरुलाई ब्यक्तिगत रुपमा स्कुल ब्याग बितरण गरेका छन।
वडा नम्बर १६ सिद्धनगरमा रहेको सिद्धज्योती आधारभूत बिधालयमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययनरत १८० जना बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच गुरुङले झोला बितरण गरेका हुन।कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले पठनपाठनमा बिद्यार्थीको रुचि र लगाव रहोस भन्ने अभिप्रायले आफुले बिद्यार्थीहरुलाई सहयोग गरेको गरेको बताए।
उक्त बिधालयलाई सरस्वती पुजाकै दिन पारि उनले आजिवन रुपमा सक्दो सहयोग गर्ने उद्घघोष गरेसगै गुरुङले बिगत ३ बर्ष देखि बिद्यार्थीहरुलाई पोसाक ,शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आईरहेका छन।उनले बिधालयका भौतिक संरचना निर्माण र गुणस्तरीय शिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

कार्यक्रममा वडाका जनप्रतिनिधि,बिधालय ब्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

