बिनाेद निगम / नवलपरासी ,१० जेठ
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ र सरावल गाउँपालिका–७ मा पर्ने झरहि नदीको कटानी रोकथामका लागि अहिलेसम्म कुनै प्रभावकारी प्रयास नभएको स्थानीयवासीले गुनासो गरेका छन्। वर्षायाम सुरु भइसकेको अवस्थामा पनि नदी किनारमा बाँध मर्मतको काम थालिएको छैन।
बर्सेनि झरहि नदीको बाढीले स्थानीयको खेतबारी, बस्ती र भौतिक संरचनामा क्षति पुर्याउने गरे पनि स्थानीय तह र प्रदेश सरकारको ध्यान नपुगेको उनीहरूको आरोप छ। “बजेट त आउने गर्छ, तर काम कहिल्यै देखिँदैन,” एक स्थानीय बासिन्दाले भने।
स्थानीय सरकारबाट लाखौं करडौं रुपैयाँ बजेट विनियोजन भए पनि त्यसको उपयोगिता जनस्तरमा महसुस हुन सकेको छैन। तीन वर्षअघि जनताको बहुमतबाट निर्वाचित पाल्हीनन्दन गाउँपालिका–१ का वडाध्यक्षले चुनावताका गरेका विकासका ठूला भाषणहरू अहिले पनि कागजमै सीमित छन्।

वर्षा नजिकिँदै गर्दा नदी कटानको जोखिम झनै बढेको छ। स्थानीयवासीले अविलम्ब बाँध मर्मत कार्य थाल्न र दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

