बिनाेद निगम / नवलपरासी ,७ जेठ
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं. १ सण्डा चोकमा मोटरसाइकल र साइकिल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।
गए राती मङ्गलबार करिब ७:४५ बजे सुनवलबाट परासीतर्फ गइरहेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले अगाडिबाट गइरहेको साइकिल यात्रीलाई ठक्कर दिँदा साइकिल यात्री ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल परासी लगिएको भए पनि राति ७:५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय लक्ष्मण सापकोटा र पछाडि सवार २६ वर्षीय अमृत भुजेल घाइते भएका छन्। सापकोटा भैरहवास्थित मेडिकल कलेजमा उपचाररत छन् भने भुजेललाई सामान्य चोटपटक लागेकाले प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जनाएका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकिल दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी पन्तले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

