वीरगन्जमा शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६, इनर्वाका एक शारीरिक रूपमा पूर्ण अशक्त व्यक्तिलाई ह्वील चेयर प्रदान गरिएको हो । हिड्डुलसमेत गर्न नसक्ने ती व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले परोपकारी संस्था उपकार सेवा नेपालले एक ह्वील चेयर सहयोग गरेको हो। सामाजिक अभियन्ता प्रकाश प्रसाद थारूको पहलमा उपकार सेवा नेपालले ती व्यक्तिको घरमै पुगेर ह्वील चेयर उपलब्ध गराएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले बताइन्। उनले भने, “पूर्ण अशक्त भएका ती व्यक्तिलाई केही सहजता र जीवन यापनमा सुविधा होस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको हो।” यस अवसरमा उपकार सेवा नेपालकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू र जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।