काठमाडौं । प्रतीक खड्गीकाे पहिलाे कृति “नायः खिं बाजा बोल” नामक पुस्तक सार्वजनिक भएकाे छ।
जेष्ठ ३ गते शनिबार क्षेत्रपार्टी पार्टी प्यालेशमा सार्वजनिक भएकाे पुस्तक नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिले प्रकाशित गरिएको थियाे ।
काठमाडौं महानगरपालिकाको सहयोर्गाथ प्रकाशित पुस्तकमा नायः खिं बाजाको धार्मिक, सांस्कृतिक ऐतिहासिक लगायत विविध पक्षहरुलाई समावेश छ भने यस पुस्तकमा उजन नेवा: शाहीले बोल सङ्कलन गरिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व खेलकुद मन्त्री एवम् सांसद बिराजभक्त श्रेष्ठले नायः खिं बाजालाई अद्वितीय र गहिरो धार्मिक महत्व बोकेको बाजा उल्लेख गर्दै यसको संरक्षण, सम्बद्वन तथा प्रबर्द्धन आफू निरन्तर रुपमा साथ रहने जनाए । उनले याे बाजाकाे संरक्षणमा आवश्यक पहल र सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे ।”
साे कार्यक्रमका अन्य अतिथिहरूले पुस्तक विमोचनलाई ऐतिहासिक क्षण भन्दै नायः खिं बाजाको संरक्षण र प्रवर्द्धनमा यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिका अध्यक्ष सुभाष शाहीले गरेका थिए। उनले खड्गी समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र नयाँ पुस्तामा हस्तान्तरणको उद्देश्यले पुस्तक प्रकाशन गरिएको जनाए।
कार्यक्रममा विभिन्न संस्कृतिकर्मी, समाजसेवी, गुरू वर्ग, गुठी थकाली तथा खड्गी समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति भएकाेले कार्यक्रमकाे शाेभा बढेकाे थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

