आरपि उपाध्याय / नवलपरासी ,६ जेठ
कालिका युवा क्लब विनयी त्रिवेणी ७ लक्ष्मीपुरको आयोजना तथा विनयी त्रिवेणी वडा न. ७ को आर्थिक सहयोगमा वडा स्तरीय क्रीकेट प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
आयोजक कालिका युवा क्लबको अध्यक्ष भाषुन राना मगरको अध्यक्षतामा आयोजित क्रीकेट प्रतियोगितामा विनयी त्रिवेणी वडा न.६ र ७ अन्तर्गतका ८ क्रीकेट टीमहरुको सहभागिता रहेको थियो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा त्रिवेणी स्टार क्लब विनयी त्रिवेणी ७ ठट्टीयाखोलाले दुर्गा युवा क्लब शिवपुरगढीलाई ६ विकेटले पराजित गरेको थियो। जित संगै त्रिवेणी स्टार क्लबले ४० हजार नगदसहित मेडल,कप र प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ।
फाइनल प्रतिस्पर्धामा दोस्रो हुने दुर्गा युवा क्लब शिवपुरगढीले २० हजार नगद सहित मेडल,कप र प्रमाणपत्र प्राप्त गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको दुर्गा युवा क्लबले निर्धारित १६ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन मात्र बनाएको थियो। जवाफी ब्याटिङ गरेको त्रिवेणी स्टार क्लबले १२ ओभर ४ बल खेल्दै निर्धारित लक्ष्य प्राप्त गरि उपाधी हात पारेको स्कोरल आदित्य सिंहले जानकारी दिएका छन।
क्रीकेट टुर्नामेन्टमा बेस्ट बलर त्रिवेणी स्टार क्लबका राजेश श्रेष्ठ घोषित भएका थिए भने म्यान अफ सिरिचको उपाधी त्रिवेणी स्टार क्लबका अशोक क्षेत्रीले पाएका छन।
त्यसैगरी बेस्ट ब्याट्सम्यान त्रिवेणी स्टार क्लबका नन्दन घोषित भएका थिए भने प्रतियोगिताको बेस्ट फिल्डर स्टार क्लबकै रेम रानाले पाएका थिए।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,पुर्व वडा अध्यक्ष गोपाल बहादुर क्षेत्री, समाजसेवीहरु निरन्जन थापा,शेखर मर्दन शाह,सरीता शर्मा लगायतको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

