Rashtriya Dainik

दुम्बिबासमा लागू औषध सहित एक व्यक्ति प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,५ जेठ

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको दुम्बिबासमा लागू औषध सहित एक व्यक्तिलाई दुम्किबास प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय दुम्किबासको नियमित गस्ती टोलीले शङ्खास्पद रुपमा हिडिरहेको विनयी त्रिवेणी २ तामाङ डाडा बस्ने वर्ष ३१ को रिपिन ढेगामगरले कम्मरमा भिरेको झोला चेकजाँच गर्दा लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
प्राप्त जानकारी अनुसार ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सिनाको कमान्डमा रहेको टोलीले ढेगामगरबाट एस्पास्पो २४५ ट्याबलेट,नाइट्रोभेट २६ ट्याबलेट, चक्कु र कैँची सहित झोला १ थान फेला पारेको हो।
नियन्त्रणमा लिइएको व्यक्ति र लागू औषधलाई थप कानुनी कारवाहीको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित