Rashtriya Dainik

सरावल गाउँपालिका वडा नं. १ र २ का घरपालुवा तथा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण

राष्ट्रिय दैनिक / नवलपरासी ,४ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ र २ क्षेत्रभित्र घरपालुवा तथा छाडा र भुस्याहा कुुकुरको सङ्ख्या वृद्धि हुँदै गएको भन्दै गाउँपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्ने गरेको छ।

सरावल गाउँपालिकाकाे आयोजनामा पालिका अन्तर्गत वडा नम्बरको १ र २ काे ४५ वटा छाडा कुकुरहरुलाई स्थायी बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको पशु सेवा शाखा प्रमुख यम अर्यालले जानकारी दिनुभएको हाे।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्नका लागि कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने कार्य गरिएको बताउनुभयो । छाडा कुकुरको सङ्ख्या बढ्दा दुर्घटनाको पनि जोखिम बढेको र मानिसलाई टोक्ने क्रम पनि बढेकाले कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण शिविर राखिएको बताउनुभयो ।

अध्यक्ष चाैधरीका अनुसार वडामा छाडा कुकुरको आतङ्क नै देखिएकाले स्थानीय त्रासमा रहेको हुँदा कुकुरलाई रेबिजको खोप लगाउनुपर्ने भएकोले शिविरको आयोजना गरिएको बताउनुभयो । याे शिबिर अर्को आर्थिक बर्षमा सबै वडामा लागू गरिने समेत बताउनुभएको हाे।

बन्ध्याकरण शिविरमा श्री इन्टरनेशनल एसोसिएसन अफ स्टुडेन्ट्स इन एग्रीकल्चरल एण्ड साइन्स नेपाल, दि.सी न.पा. डोटीको प्राविधिक सहयोगमा सन्चालन गरिएको शाखा प्रमुख अर्यालले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित