Rashtriya Dainik

कालिकामाई गाउँपालिका पुर्ण खोप पालिका सुनिश्चिता घोषणा

राजन कुमार बानिया /पर्सा ,४ जेष्ट

रास्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत नियमित खोप सुदृढीकरण पुर्ण खोप सुनिस्चिताको लागि दिगोपनाको भेरिफिकेस्न अनुगमन तथा प्रामाणिकरण पश्चात पुर्ण खोप पालिका सुनिस्चिता घोषणा सभा अाज पर्साको कालिकामाई गाउँपालिकाको हरिहरपुरबिताको सभहलमा सम्पन्न भएको छ।

कालिकामाई गाउँपालिका स्वास्थ्य शाखाले अायोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले पुर्ण खोप दिगोपनामा सहयोग गर्ने महिला स्वमसेबिका स्वास्थ्यकर्मी हरु लाई बधाई दिदै स्वास्थ्य चौकी र वडा कार्यालयलाई प्रमाणपत्र सहित सम्मानित गर्नु भएको थियो।

गाउँपालिका पुर्ण खोप भएपनी प्रतेक वर्ष पुर्ण खोप दिगोपना गर्नु पर्नेमा जोड दिनु भएको थियोे । प्रतेक दिन बच्चा जन्मी रहेकाले खोप अभियानलाई निरन्तरता दिएर एक जना बालबालिकाहरु खोपबाट बन्चित नरहोस भन्ने उनको धारना रहेको थियो।

गाउँपालिकाको स्वास्थ्य ,शिक्षा लगायतको सुधारमा अाफ्फु सधै त्यार रहेकोले सम्य समयमा स्वास्थ्यकर्मीले पालिकालाई घचघचाउनु पर्नेमा जोड दिनुभएको हो।

पुर्ण खोप दिगोपनामा उत्कृष्ट हुनु भएको स्वास्थ्य चौकी मुडलीका प्रमुख जगदिस महतो केवट,र अनमी रमिता चौधरीले पालिका भरिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट हुनुभएकोमा गाउँपालिका अध्यक्ष गुप्ताले फुलमाला ,दोसाला र प्रमाणपत्रबाट सम्मानित गर्नु भएको थियो। साथै पुर्व स्वास्थ्यकर्मी यमुना प्रसाद चौरसियालाई यहि बैसाख २३ गते सेवा निर्बित अवकास हुनु भएकोले गाउँपालिका अध्यक्षगुप्ता लगायतले सेवा निर्बित चौरसियालाई फुलमाला दोसालाबाट ससम्मान बिदाई गरेका छन।

अवकास प्राप्त चौरसियालाई स्वास्थ्यकर्मी हरुले ६२ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो। गाउँपालिका भरिमा ६सय ७० जना बालबालिकाहरु १३ वटा रोग बिरुद्धको नियमित खोप लिरहेकोले स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले जानकारी दिनुभएको थियो।

पुर्ण खोप दिगोपना अन्तर्गत पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको टोलीले खोप बारे प्रतेक वडाहरु गइ अनुगमन गरि सकेको र कुनै वडाहरुमा बालबालिकाहरु खोप बाट बंचित नरहेकोले वडा पुर्ण खोप दिगोपना पालिका सुनिस्चिता घोषणा सभा गरिएको छ। पुर्ण खोप दिगोपना पालिका सुनिश्चिता घोषणा कार्यक्रम गाउँपालसका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष राजमती देबी बरईन, वडा अध्यक्ष सोनालाल चौरसिया,स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, सहसंयोजक धिरज साह,स्वास्थ्य चौकी प्रमुख संत प्रसाद कोईरी, जगदिस महतो,निरन्जन चौरसिया,रामेश्वर कोईरी,महेन्द्र चौरसिया पुर्व स्वास्थ्यकर्मी यमुना प्रसाद चौरसिया, लगायतले शुभकाना मन्त्य ब्यक्त गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई बधाई तथा शुभकामना मन्त्ब्य ब्यक्त गर्नु भएको थियो।कार्यक्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मी,संचारकर्मी लगायतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित