राष्ट्रिय दैनिक / नवलपरासी ,४ जेठ
सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई सिँचाइ गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले २९ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।

पालिकाभित्रका किसानहरुलाई उत्पादन बढाउन सहयोग पुर्याउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरेको हो । सरावल गाउँपालिकाका कृषि शाखा प्रमुख कुलदिप मिश्राले दिनुभएको जानकारी अनुसार कृषि उत्पादन र गुणस्तर बढाउन पालिकाको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २९ जना किसानलाई ५० प्रतिशत लागत सहभागितामा आवश्यक मोटर वितरण गर्ने कार्य भइरहेको छ ।

पालिकाको वडा नम्बर १ देखि ७ सम्मका २९ जना किसानलाई 2HP तीन इन्च किर्लाेस्कर कम्पनीको माेटर वितरण गरिएको शाखा प्रमुख मिश्राले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले
किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउनुभयाे। अध्यक्ष चाैधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक गर्नकालागि कृषि उपकरण वितरण गरिएकाे बताउनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

