आरपि उपाध्याय / नवलपरासी ,२ जेठ
सशस्त्र प्रहरी बल नेपाल २६ न. गण हे.क्वा. पश्चिम नवलपरासीले एक कार्यक्रमका बिच १८ औं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल २६ न. गण बेलासपुरले गणको कार्यालयमा आफ्ना मातहतका युनिट प्रमुख, जनप्रतिनिधि,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखबिच वार्षिकोत्सब समारोह मनाएको हो।

सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवरले सशस्त्र प्रहरीका जनशक्तिहरु समयानुकूल परिवर्तन भइ राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताउदै सिमित साधनस्रोत बाबजुद पनि जटिल अवस्थामा उच्च मनोबलका साथ राष्ट्र सेवा गर्दै आएको अवस्थामा जनशक्तिबाट गरिएको कामको पनि उच्च मुल्यांकन गरिने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सिमा क्षेत्रमा कार्यरत सुरक्षा निकायले छोड्न हुने र छोड्न नहुने दोधारे कुरा आउदा पनि नआत्तिएर आफ्ना जिम्मेवारी र कर्तव्यलाई इमानदारी पुर्वक पालना गर्नुपर्ने सुझाव दिनुभयो ।
वार्षिकोत्सब समारोहमा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले सिमा रक्षाको लागि बेलासपुरको स्थान चयन गरेर सशस्त्र प्रहरी बलको गण राखिएको चर्चा गर्दै सिमा सुरक्षा,राजस्व चुहावट नियन्त्रण लगायत राज्यले दिएको जिम्मेवारी पूरा गरेर १८ वर्षको यात्रा पार गरि गणले पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनु भयो।

सो अवसरमा २६ न. गणका गणपति सन्तोष रायमाझीले सबैमा धन्यवाद ज्ञापन गर्दै २६ न. गणले पुर्याएको १ वर्षीय प्रगती विवरणबारे जानकारी गराउनु भएको थियो।
वार्षिकोत्सब समारोहमा २६ न. गणले १ वर्षभित्र गरिएको क्रियाकलापहरुमा रक्तदान,वृक्षारोपण, आँखा परिक्षण तथा मन्दिर सफाइ लगायत कार्य रहेको बताइएको छ।

सो अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने जवानहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालक सशस्त्र प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

