Rashtriya Dainik

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु, ३ जना घाइते

राष्ट्रिय दैनिक / नवलपरासी ,२ जेठ

शुक्रबार दिउसो आएको हावाहुरीले रुख ढलेर च्याप्दा पश्चिम नवलपरासीको सुनवलमा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभएको हाे ।

दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नर्मा परियार, दुर्गा खाम्चा रहेको र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ ।

प्रहरीले स्थानीयको सहयोगमा जेसिवि, क्रेन, लोडर, चेन स लयाएतका उद्धार सामग्रिको प्रयोग गरि ढलेको रुख हटाउने कार्य गरिरहेको छ । उद्धार कार्य सकिएपछि मात्र घटनाको यकिन विवरण प्राप्त हुने प्रहरीको भनाई छ ।

हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरु प्रतीक्षालयमा ओत लागेका थिए । तर प्रतिक्षालयमामाथी नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित