Rashtriya Dainik

नवलपरासीको सुनवल १२ मा संचालन हुने हाट बजार अनुगमन

अमृता सुनार/नवलपरासी , जेठ १

सुनवल नगरपालिकाको बजार अनुगमन समिति संयोजक सिता तिमिल्सिनाको संयोजकत्वमा आज सुनवल नगरपालिका वडा नं १२ मा संचालन हुने हाट बजारमा अनुगमन गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, प्रशासकिय अधिकृत खेमराज ढकाल, कुषि अधिकृत पुष्प अर्याल, पशु चिकित्सक डाक्टर तोयनाथ ढकाल लगाएत विभिन्न शाखा प्रमुख र पत्रकार प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च लगाएतको टोलीले बजारमा मासु जन्य पदार्थ र बिउ विजन सम्बन्धीका पसलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने खालका मरेका, खान योग्य नरहेको करिब १० ओटा माछा पसल बाट ६० किलो खाना अयोग्य माछा जफत गरि नष्ट गरिएको छ भने बिउविजन बिक्रि वितरण गर्ने पसललाई प्रमाणित बिउविजन बिक्रि बितरण गर्न र लेभल नभएका बिउबिजन बिक्रि नगर्न चेतावनी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित