खोटाङ ,१ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग यादवले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो ।
सोही क्रममा यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।
यादव सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बिहीबार पक्राउ परेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएको छ । आयोगले हाल उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

