Rashtriya Dainik

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौँ ,१ जेठ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाउने निर्णय भएको छ ।

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२/१ सय ४२ रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित