Rashtriya Dainik

अभिभावक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,१ जेठ

ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल विनयी त्रिवेणी ६ को आयोजनामा अभिभावक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम त्रिवेणीको शिवपुरगढीमा सम्पन्न भएको छ।
ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सन्तोष कुमार रौनियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले विद्यालयले विद्यार्थीलाई दिदै आएको सेवा सुविधामा पनि अन्तरक्रिया कार्यक्रममा छलफल हुनुपर्ने धारणा राख्दै विद्यालयलाई थप सौन्दरीयकरण गर्दै नतिजामुखी र गुणात्मक शिक्षा विद्यालयले दिनुपर्ने धारणा राख्नुभयो।


वडा अध्यक्ष कार्कीले विद्यार्थीहरुको अनुभव लगायतका क्रियाकलाप माथि पनि विद्यालयले समय परिस्थिति अनुसार नतिजामुखी बनाउनुपर्ने जिकिर गर्नुभयो।
कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ का वडा सदस्य विष्णुप्रसाद चौलागाईं, सञ्चारकर्मी आर.पि.उपाध्याय, इन्स्योरेन्स कम्पनीका सरोज शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक जितेन्द्र गुप्ता लगायतले शैक्षिक गतिविधि माथि प्रकाश पार्नुभयो।
सो अवसरमा प्रमुख प्रशिक्षक मनिष मिश्रले विद्यालयका शिक्षक,अभिभावक र विद्यार्थी बिचको सम्बन्ध बलियो बनाउने विषयमा अन्तरक्रियात्मक सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालिका नबिना शाहीले जानकारी दिनुभएको छ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुलाई हुनसक्ने दुर्घटनाको विषयमा जीवन बिमाका बारेमा पनि जानकारी गराइएको थियो।
अभिभावक अन्तरक्रिया कार्यक्रममा अभिभावकहरु रिन्की थापा,मनु पुलामी लगायतले विद्यालयको भौतिक पुर्वाधार अझ व्यवस्थित हुनुपर्ने तथा बालबालिकाहरुलाई हेरचाह गर्ने कार्यमा अझबढी निगरानी हुनुपर्ने सुझाव दिएका थिए।


कार्यक्रममा विद्यालयका प्र.अ. रौनियारले अभिभावकद्वारा उठाइएको मागलाई यथाशीघ्र सम्बोधन गर्दै जाने जानकारी गराउदै २०८१ सालको जिल्ला परीक्षामा संस्थागत विद्यालयहरुको तर्फबाट ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल पालिकामै उत्कृष्ट भएको जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित