वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा किराना सामान सहित मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको बार्वा नाकाबाट ठुलो मात्रामा ना१५ प ३८९०नम्बरको मोटरसाइकलमा लोड गरि अवैध रुपले भित्राएको लत्ताकपडा र किराना सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल पर्साले ट्याक्टर सहित मकै पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बाहिनी, गुल्म अलौ र प्रसौनी बिओपीको संयुक्त टोलीले प्रसौनी नाकाबाट मकै सहित ट्याक्टर पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो।
सशस्त्र प्रहरीले करिब १३ लाख ५८ हजार ४ सय रुपैया बराबरको मकै सहित ट्याक्टर पक्राऊ गरेको छ।

पक्राउ परेका लत्ताकपडा, किराना, मकै, मोटरसाइकल र ट्याक्टर भन्सार कार्यालय वीरगन्जमा बुझाएको डिएसपी पुजारीले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

