शैलेश गुप्ता /पोखरिया,०१ बैसाख
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी,बाल रोग ,डेन्टल सम्बधी उपचार हुने भएको छ ।
पोखरिया अस्पतालको सभा हलमा भएको एक कार्यक्रमका विच ४ जना चिकित्सक तथा नर्सिँग स्टाफ अहेवलाई पोखरिया अस्पतालले स्वागत सहित सम्मान गरिएको छ ।
पोखरिया नगरपालीका तथा पोखरिया अस्पताल विकास समिती अध्यक्ष समेत रहेनु भएका पोखरिया नगरपालीकाका मेयर प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको उन्नती प्रगतीको लागी आफुले दिन रात लागी परेको बताए ।
पोखरिया अस्पतालमा बाल रोग ,नसा तथा हाडजोर्नि ,डेन्टल र नसिँग समबन्धि चिक्तिसकहरुले पोखरिया अस्पताल मै सेवा दिए पस्चात ग्रामिण भेगका विरामीहरुलाई विरगन्ज तथा निजि अस्पतालमा चर्को मुल्य तिर्नबाट मुक्त हुने ,थोरै पैसा तथा सहज र सुविधा सहित समयमा उपचार हुने जनाएका हुन ।
समानित हुनेमा नसा तथा हाड जोर्नी विशेषज्ञ डा० अरविन्द साह,डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिँग अधिकृत असपताल निरिक्षक सवेनाज बेगम,अ० हे० व० मधु यादव लगाएतकाहरुलाई स्वागत तथा समान गरिएको ।
पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेड डा० आन्नद रौनियारको अध्यक्षामा भएको स्वागत तथा समान कार्यक्रमको प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, डा० सुरेस यादव पोखयिा नगरपालीका स्वास्थय साखा सहायक शिव पटेल ,दिपिका सिँह, भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी , सँचारकर्मी लगाउतका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

