ठोरी । पर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।
अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २२ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार नेपाललले हरेक महिना झै बैशाख महिनामा पनि सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष विद्या सरावगीले बुधबार चामल ६० केजी, दाल केजी, पिठो २० केजी,चिनी १० केजी, स्वाबिन १० केजी ,खानेतेल ५लिटरका साथै नून, सर्फ,साबुन ,फिनाईल ५लिटर आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

