Rashtriya Dainik

सशस्त्र प्रहरीका डिएसपी पुजाराको कमान्डमा ५ लाखको तस्करीको कपडा बरामद

वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको  ५ लाख रुपैया बराबरको लत्ताकपडा सहित मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको प्रसौनीनाकाबाट ठुलो मात्रामा अवैध रुपले भित्राएको लत्ताकपडा सहित मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेको ५लाख१ हजार रुपैयाँ बराबर लत्ताकपडा सहित भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजारले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित