Rashtriya Dainik

सुनवलमा विपन्न वर्गका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

अमृता सुनार/नवलपरासी

सुुनवल वडा बाल संजालको आयोजना तथा सुनवल वडा नं १ को सहयोगमा सुनवल नगरपालिकाको आ.व २०८१/०८२ को कार्यक्रम अर्न्तगत वडा नं १ बाट बालबालिकाको दिगोपनको निम्ति व्यवस्था गरिएको बजेटबाट आज विपन्न वर्गका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापाले बालमैत्री दिगोपनाका लागी प्रत्येक वर्ष १ लाख भन्दा बढि बजेट वडाले व्यवस्था गरेको बताउनुभयो । गतवर्ष १ लाख ५० हजार विनियोजन गरेको थियो भने यस वर्ष बजेट अभावले १ लाख २५ हजार विनियोजन गरिएको र यो बजेट बालबालिकाका लागी विभिन्न क्रियाकलापमा प्रयोग गरिने बताउनुभयो ।


बाल संजालका अध्यक्ष क्रियाल घिमिरेको अध्यक्षता एवम सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सिता भण्डारी, वडा सदस्यहरु बाल कुमारी परियार, सुनवल मा.वि का सह प्रधानाध्यापक चित्र बहादुर गुरुङ्ग, लुम्बिनी मा.वि का शिक्षिका मन्जु कवर लगाएतको उपस्थिती रहेको थियो । वडा बाल संजालका सदस्य अमित कानुको स्वागत मन्तव्य रहेको कार्यक्रमकोे संचालन सचिव राजन पाण्डेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित