अमृता सुनार/नवलपरासी
पश्चिम नवलपरासीको सुनवलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा डा.विनोद निता कण्डेल आँखा अस्पतालको प्राविधिक सहयोगमा सुनवल ४ कृष्ण मन्दिर परिसरमा शिविर सम्पन्न भएको हो।
मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता एवं सुनवल वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यतामा सम्पन्न निशुल्क आँखा शिविरमा २३१ जनाले आखाँ जाँच गराएका थिए। आँखा परिक्षण गरिएका मध्य १२५ जनाको आँखा कमजोर रहेको र उनीहरूलाइ शिविरमै निशुल्क औषधी वितरण गरिएको मनिप्लान्ट सहकारीका अध्यक्ष थापाले बताउनुभयो।

कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, रेड्क्रस सुनवल उपशाखाका सभापति गोपालप्रसाद शर्मा, वडा नं ४ का वडा सदस्य सिता पौडेल, श्री कृष्ण धाम विकास समिति सुनवलका अध्यक्ष याम प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
श्री कृष्ण धाम विकास समिति सुनवलका उपाध्यक्ष कुन्ता तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव किशोर कर्माचार्यले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

