अमृता सुनार/नवलपरासी ,वैशाख १३
सुनवल जेसिज बर्ष २०२५ को आयोजना तथा सुनवल वडा नम्बर १ को वडा बाल संजालको सहआयोजनामा २ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।
सुनवल जेसिज बर्ष २०२५ का अध्यक्ष सुबर्ण उपाध्यायको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष थापाले तालिमको माध्यमबाट युवाहरुको नेतृत्व क्षमता र बोल्ने शैलीको विकास हुने बताउनुभयो । कुनै पनि कार्यक्रमलाई सफल बनाउन उद्घोषकको महत्वपुर्ण भुमिका हुने भएकाले तालिमबाट सिकेको कुराहरु व्यबहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य प्रसुराम कवर, बाल कुमारी परियार, कृष्ण केसी, सुनवल जेसिज बर्ष २०२२ का अध्यक्ष जमुना थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त तालिमको सहजीकरण जेसिज २०२४ का केन्द्रीय उपाध्यक्ष राजन शर्मा पौडेल र सरिता शर्माले गर्नु भएको थियो ।

जेसिज बर्ष २०२५ का महासचिव लिला पाठक अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा बाल संजालका अध्यक्ष कृयाल घिमिरेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

