Rashtriya Dainik

सरावल गाउँपालिकामा कब्जा गरिएका ८ बिघा सार्वजनिक जग्गामा पालिकाले डोजर चलाएर पछि ……

सुरेश यादव / नवलपरासी ,१३ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका सार्वजनिक जग्गा खाली गराउन आक्रमक देखिएको छ । पालिकाले सार्वजनिक जग्गामा अनाधिकृत रुपमा घर टहरा बनाएर बसेकालाई सम्झाउने गरेको र नमानेको खण्डमा बल प्रयोग गरेरै हटाउन थालेको हो ।

पालिकाले स्थानियहरुले आठ बिघा सार्वजनिक जग्गा कब्जा गरि बनाएको संरचनामा डोजर चलाएर खाली गराएको छ। लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका विभिन्न किसिमका घर टहरा र जोतभोग गर्दै आएको जग्गालाई खाली गराइएको अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका छन्।

खाली गराइएको जग्गामा अहिले वडा कार्यालय, अस्पताल, खेलमैदान र सडक निर्माण गरिएको काम सुरु गरिएको छ। वडा नम्बर-५ मा रहेको २ बिघा जग्गा अतिक्रमित जग्गामा अस्पताल निर्माणको काम सुरु गरिएको छ। यस्तै वडा नम्बर-७ मा कब्जा गरिएको विद्यालयको जग्गामा खेलमैदान,वडा नम्बर-७ मा कब्जा गरी ७ कठ्ठा जग्गामा रहेको पसललाई हटाएर वडा कार्यालय भवन, वडा नम्बर ३ को १९ कठ्ठा कब्जा गरि जोतभोग गरिँदै आएको जग्गामा पालिकाको प्रशासनिक भवन र वडा नम्बर २ मा १ कठ्ठा सडकको जग्गा कब्जा गरी पसल सञ्चालन गरिएकोमा त्यसलाई हटाएर बाइपास सडक निर्माणको काम भैरहेको गाउँपालिकाले जनाएको छ।

पालिकाले स्थानियहरुले कब्जा गरेका सार्वजनिक जग्गालाई खाली गराउने अभियान नै सञ्चालन गरेको छ। त्यसरी कब्जा गरि बनाएका संरचना र जोतभोग गरिएका जग्गा खाली गराएर आवश्यकता अनुसारको विकास निर्माणलाई अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताएका छन्।

सरावल गाउँपालिकामा रहेका सार्वजनिक जग्गा खाली गराउने गाउँ सभाले नै म्यान्डेट दिएको छ । सार्वजनिक जागामा अतिक्रमित गरिएका बाटो समेत खालि गराई बाटो विस्तार गर्दै आएको पालिका अधिकृत मिश्राले बताए यसलाई निरन्तरता दिइने समेत सरावल गाउँपालिकाले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित