गुल्मी,१२ बैशाख
गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनका कारण गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन अध्यापनमा परेको असरको समाधानका लागि नयाँ निर्देशन जारी गरेको छ ।
गाउँपालिकाले मिति वैशाख १४ गतेदेखि सम्पूर्ण विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा अनिवार्य रुपमा उपस्थित भएर नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।
उक्त समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीलाई राजिनामा दिन र सरुवा प्रक्रियामा जान निर्देशन दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले विद्यालय सञ्चालनको प्रभावकारीता सुनिश्चित गर्न र शिक्षकको जिम्मेवारीको पालना गर्न सबै शिक्षक कर्मचारीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

