आरपि उपाध्याय / नवलपरासी ,८ बैशाख
लुम्बिनी प्रदेशमै लोकप्रिय उमंग मिडियाद्वारा सञ्चालित राष्ट्रिय दैनिक अनलाइनको आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्ते क्यालेन्डर विमोचन एक कार्यक्रमका बिच त्रिवेणी धाममा सम्पन्न भएको छ।

राष्ट्रिय दैनिकका अध्यक्ष एवं कार्यकारी निर्देशक उमेश बि.क. को अध्यक्षतामा विमोचन कार्यक्रम सम्पन्न भएको हो।
विमोचन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण प्रपन्नाचार्यले परापुर्व समयदेखि चल्दै आएको नयाँ वर्षले सबैमा सुख,शान्ति, समृद्धिको कामना सहित राष्ट्रिय दैनिक मिडियाले सामाजिक,धार्मिक गतिविधिका साथै सामाजिक कुरुतीलाई हटाउने कार्य गर्दै आएकोमा आगामी दिनमा पनि समाचार र सुचनाको हकलाई नागरिक समक्ष पुर्याउने कार्यमा सफलता मिल्ने कामना व्यक्त गर्नुभएको थियो।
उहाँले धर्मबाट नै हावा,पानी,माटो,वृक्ष, चराचुरुङ्गी,मानव जीवन चलायमान हुने हुँदा धर्मलाई कर्म संग जोड्न सकिए समुन्नत समाजको निर्माण गर्न सकिने विचार व्यक्त गर्दै पत्रकारहरुले आफ्नो जिम्मेवारी र कर्तव्यलाई अझ बढी बलियो रुपमा अगाडि बढाउन सुझाव दिनुभयो।

कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सत्यतथ्य घट्ना सम्प्रेषणबाट नागरिक सचेत रहने बताउदै ओझेलमा परेका विषयवस्तुलाई उजागर गर्नुपर्ने पत्रकारिताको मुख्य धर्म रहेको जिकिर गर्नुभएको थियो।

कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले पत्रकारिता जगत राज्यको चौथो अंग रहेको बताउदै वर्तमान समयमा केही पत्रकारबाट समाजमा जोड्ने भन्दा तोड्ने क्रियाकलाप बढेकोमा चिन्ता व्यक्त गर्दै यस्ता तोड्ने तत्वमाथी सच्चा पत्रकार जगत सचेत रहेर नागरिकलाई सहि सुचना प्रवाह गर्न आग्रह गर्नुभएको धारणा राख्नुभयो।

कार्यक्रममा विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तारादेवी पौडेल,राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक आर.पि.उपाध्याय लगायतले पत्रकारिता क्षेत्रमा देखापरेको चुनौती र समाधानका उपायबारे आफ्नो धारणा राख्नुभएको थियो।

विमोचन कार्यक्रममा नागाबाबा कुटी, लक्ष्मीनारायण मन्दिर त्रिवेणीका पिठाधिस केशव दास,ई.प्र.का. त्रिवेणीका स.ई. महेश रायमाझी सहित डेढ दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक समेत रहनु भएका राष्ट्रिय दैनिकका प्रधान सम्पादक संजय कुशवाहले जानकारी दिनुभएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

