नवलपरासी – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय अभियान टोली ब्यापक जन परिचालन सहित भारत अतिक्रमित नवलपरासीको सुस्तामा पुगेको छ । आइतवार जनपरिचालन सहित जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय टोली सुस्ता पुगेर नाराजुलुस एंव कोण सभा गरेको हो ।
सभामा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्दशनले सम्बोधन गर्दै सुस्ता लगायतका क्षेत्र अतिक्रमण हुनुमा सत्ता र ब्यवस्था जिम्मेवार रहेको बताउनुभयो ।

उक्त कार्यक्रमको संचालन पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले गर्नुभएको थियो ।
त्यस्तै आइतवार नै सुस्ता गाउँपालिकाको केन्द्र कुडियामा भएको कोण सभालाई सम्बोधन गर्दै सेक्रेटरी पाण्डेयले सिंहदरवारको भष्ट्राचार गाउँ गाउँका आएको हुदाँ त्यसको भण्डाफोर जरुरी रहेको चर्चा गर्नुभयो । बर्दघाटको जिमिरेभार, प्रतापपुरको गोपीगंज र सुर्यपुरा चोकमा पनि कोण सभा भएको सो पार्टीले जनाएको छ । जिमिरेभारमा पार्टी केन्द्रीय सदस्य नवीन खड्काले सम्बोधन र जिल्ला समिति सदस्य चुडामणी भण्डारीले संचालन गर्नुभएको थियो ।
त्यस्तै गोपीगंजको सभामा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले सम्बोधन र जिल्ला समिति सदस्य चुडामणी भण्डारीले संचालन गर्नुभएको थियो ।
त्यस्तै सुर्यपुरा चोकको कोणसभालाई सम्बोधन गर्दै पार्टीका पीबीएम लाल बहादुर जाग्रीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा उभिन जनतालाई आब्हान गर्नुभयो । सभाको संचालन जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले गर्नुभएको थियो ।

त्यस्तै अभियान टोलीले शहिद स्मृति अस्पतालमा रहेको शहिद सुर्य विक्रम थापा (सलीम)को शालिकमा माल्यार्पण गर्दै शहिद प्रति उच्च सम्मान ब्यक्त गरेको थियो ।
यस अघि शनिवार परासीमा पार्टीले पत्रकार सम्मेलन र अन्तरक्रिया गरेको थियो । शुक्रवार सांझ नवलपरासी आएको टोलीलाई सुनवल–७ अस्नैयामा स्वागत कार्यक्रम र लगतै शहिद परिवार ईन्द्र कुमारी क्षेत्रीलाई सम्मान एंव सुनवल चोकमा कोण सभा गरिएको थियो ।

जिल्लामा ६ वटा पालिकाको मुख्य बजारमा कोणसभा गरेको टोलीले बेलाशपुर , भुमहीलगायतको स्थानमा कोण सभा र रामग्राम स्तुतको अध्ययन भम्रण गरेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

