Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवाद्वारा भारी मात्रामा लागुअाैषध बरामद

नन्दु यादव/फागुन १,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ काे सिमाक्षेत्रबाट भारि मात्रामा लागू अाैषध सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहवालेे बरामद गरेकाे छ।भारतबाट ल्याएर दशगजामा रहेकाे ५०५ नम्बर पिलर नीर लुकायर राखिएकाे बेवारिसे रुपमा रहेकाे लागुपदार्थ बरामद गरिएकाे सशस्त्र प्रहरी बल नेपाल बअाेपि भुुहजवाका प्रहरी निरिक्षक धनबहादुर बुढाथोकी ले जानकारी दिनु भयाे ।

गस्ति गर्ने क्रममा बाेरामा राखि राखेकाे Onerex ९६बाेतल ,Spasmoporxy २८८ ट्याबलेट र Nitrovet ३००ट्याबलेट लागू अाैषध बरामद गरिएकाे निरिक्षक बुढाथोकी ले बताउनु भयाे । लागुु अाैषध के कसरी अायाे तेसबारे खाेज तलास गरिरहेकाे वहाले बताउनु भयाे । लागु अाैषध भुजहवा प्रहरी लाई बुझाएकाे बताउनु भयाे ।

लामाे समय देखि भुजहवा नाकालाई लागुपदार्थ अाेसापसार गर्ने मुल नाकाकाे रुपमा प्रसिद्ध रहेकाेमा अब लागुपदार्थ अाेसारपसार नियन्त्रण गरिनेे मेराे याेजना रहेकाे बुढाथोकी ले बताउनु भयाे ।साथै यस क्षेत्रमा हुने चेलिबेटि बेचबिखन , ,तस्करी लगायतका समस्या सामाधान गर्ने लक्ष्य रहेकाे वहाले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित