Rashtriya Dainik

सामी परियोजनाको अर्धवार्षिक समीक्षा र योजना कार्यक्रम सम्पन्न

पुरन अधिकारी

स्थानीय सरकाहरुको नेतृत्वमा सन्चालित सुरक्षित अाप्रवासन परियोजना (सामी)को सेवा प्रदायक सस्था इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुबेदिको अध्यक्षतामा परियोजनाका पश्चिम नवलपरासीमा कार्यरत कर्मचारीहरू बिच अर्धवार्षिक समीक्षा र योजना कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ।
बैदेशिक रोजगारलाई मर्यादित बनाउदै न्याय र कानुनमा पहुँचका लागि सहजिकरण गर्दै अाएको यस परियोजनाले रिटर्नि स्वयमसेवक मार्फत बैदेशिक रोजगारमा हुने समस्यालाई न्युन गर्न गाउँ टोलमा अावश्यक सुचना समेत प्रदान गर्दै अाइरहेको छ।
नेपाल भरि उन्नचालिस जिल्लामा सञ्चालन भएको यस परियोजनाको पश्चिम नवलपरासीमा कार्यरत कर्मचारीहरु बीच अर्धवार्षिक उपलब्धि ,सफल र असफल घटनाको विश्लेषण ,स्थानीय तहहरुसङ्गको सहकार्य ,काम गर्दा अाइपर्ने समस्या -चुनौती र यसले प्रदान गर्ने सिकाइका बारेमा छलफल र अागामी योजनाको बारेमा जानकारी समेत गराइएको थियोे ।

पश्चिम नवलपरासीको परासीस्थित जिल्ला प्रशासन कार्यलय नजिक र सेमरीमा समेत अाप्रावासी स्रोतकेन्द्र स्थापनागरी बैदेशिक रोजगारमा जानेलाई पहिलो चरण (पासपोर्ट )निर्माणको क्रममानै विभिन्न अावश्यक सुचना प्रदान गर्दै अाइरहेको यस परियोजनाले अर्धवार्षिकरूपमा स्रोतकेन्द्र र घर-टोलमा गरि चार हजार छसय अन्ठाउन्न जनालाई सुचना समेत प्रदान गरेको छ।यसै अवधिमा अठासी अोटा बैदेशिक रोजगारीको समस्या समाधान गरि बैदेशिक रोजगार बोर्डबाट दुई करोड चौसठ्ठि लाख अार्थिक सहायता समेत प्रदान गरेको परियोजनाका कार्यक्रम सम्योजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित