कपिलवस्त /३० माघ
राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसि शनिबार कपिलवस्तु आउनुहुने भएकाे छ। केसीले राजमाे कपिलवस्तुले आयाेजना गरेको विरोध सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाेछ।
राष्ट्रियता ,गणतन्त्र,धर्म निरपेक्षताकाे रक्षा ,भ्रष्टाचार को अन्त्य ,संघियता खारेज ,बिघठित संसद पुनःस्थापन लगाएतका मुल नाराका साथ कपिलवस्तु काे गाेरुसिंगे मा बृहत बिराेध सभाको अायाेजना गरिएको राष्ट्रिय जनमाेर्चा का जिल्ला अध्यक्ष दधिराम अाचार्य ले जानकारी दिनुभएकाे हाे।
कार्यक्रममा हजारौं काे संख्या मा नेता कार्यकर्ता ,तथा अाम जनता जिल्ला काे गुरुसिङगे मा उतार्ने तयारि रहेकाे छ।जिल्ला काे बड्हारा चाेक देखि बिराेध जुलस सुरु भई गाेरु सिंगे चाेकमा पुगि बिराेध सभामा परिणत हुने राष्ट्रिय जनमाेर्चाका बिधार्थि नेता तथा अखिल छैठौं का लुम्बिनी प्रदेश सदस्य कपिलवस्तु जिल्ला अध्यक्ष रिषव अाचार्यले जानकारि दिनुभएको छ।
साथै राजमाे कपिलवस्तु ले अाम न्याय प्रेमी जनसमुदाय लाई उक्त कार्यक्रममा सहभागि भै कार्यक्रम सफल पारिदिनु हुन समेत अपिल गरेकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

