Rashtriya Dainik

कपिलवस्तुकाे महाराजगन्ज र विजयनगर पालिकामा महिला हिंसा विरुद्ध उर्लदो सयकरोड अभियान शुरु

कपिलवस्तु / ३० माघ

विजयनगर गाउँपालिकाको विभिन्न गाउँ बस्तीहरुमा महिला हिंसा विरुद्ध उर्लदो सयकरोड अभियान शुरु गरिएको छ । दलित सामाजिक विकास केन्द्र तथा केएर नेपालको साझेदारीमा संचालित अब मेरो पालो कार्यक्रमको सहयोग तथा किशोरी अभियान कर्मीहरुको अगुवाईमा यो अभियान शुरु गरिएको हो ।

विजयनगर गाउपालिका वडा न.३ पथरदेइया मा रहेको सिर्जनशिल किशोरी समुहको अगुवाईमा यौन हिंसा विरुद्ध किशोरीहरु अन्तर समुह सम्बाद कार्यक्रम गरि यो अभियान शुरु गरेका छन ।

कार्यक्रममा उपस्थित अभिभावक ,शिक्षक, धर्मगरु तथा पालिका प्रतिनिधीहरु महिला हिंसा विरुद्ध सामुहकि प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसै गरी यो अभियान विजय नगर गा.पा.वडा नं. ४ डालपुर, पनि अन्तर समुह सम्बाद कार्यक्रम गरी शुरु गरिएको किशोरी अभियान कर्मीहरुले जानकारी दिएका छन ।

यो अभियान भोली गाउपालिका को वडा नं. ५ छिताईडिहवा तथा वडा नं १ को जावाबैराठमा मनाईने कार्यक्रमका सामाजिक परिचालक प्रशुराम निगम तथा कस्तुरी अग्रहरीले जानकारी दिनु भएको छ ।

त्यसैगरी यो अभियान महराजगंज नगरपालिका वडा नं १ पिपरी, बुद्धभूमि नगरपालिका वडा नं २ बडहरामा पनि शुरु गरिएको छ । हरियाली किशोरी समुह वाणगंगा ६ बैदौलीको अगुवाई यो अभियान भोली शुरु हुन लागेको कार्यक्रममाको सामाजिक परिचालक मीरा नेपालीले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित