आरपि उपाध्याय / नवलपरासी ,१० चैत
ज्योति बौद्ध बिहार गुम्बा समिति विनयी त्रिवेणी ७ नवलपुरको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शिवपुरगढीमा सम्पन्न भएको छ।
गुम्बा समितिका अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गुम्बा समितिले गुम्बा निर्माण तथा पुर्वाधारको विषयमा गरेको प्रगति प्रसंशनिय रहेको बताउदै प्रदेश र पालिका सरकारले यहाँका धार्मिक मठ मन्दिर र गुम्बालाई संरक्षण र सम्वर्द्दन गर्नको लागि त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समिती गठन गरेको जिकिर गर्नुभयो।
अध्यक्ष गिरीले आफू गाउँपालिका प्रमुख भएको कारणले पनि पालिका अन्तर्गतका गुम्बा र बिहारलाई संरक्षण र सहयोग गर्दै जाने धारणा राख्नु भएको थियो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह,वडा न.७ का वडा अध्यक्ष उमेश कार्की,नेपाल मगर बौद्ध समन्वय समितिका केन्द्रिय सदस्य यम बहादुर मस्र्याङ्ी,अशोक मानन्धर,समितिकी उपाध्यक्ष रुपा थापा लगायतले बुद्ध शिक्षा र बुद्ध ज्ञानबारे प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक चित्र बहादुर पुनले जानकारी दिनुभएको छ।

सम्पन्न अधिवेशनले सिंह बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। जसको उपाध्यक्षमा रुपा थापा,सचिवमा बिन बहादुर थापा,सहसचिवमा बिमल थापा, कोषाध्यक्षमा मन बहादुर खरु, सदस्यहरूमा बिन्देश्वरी राय यादव र जगलाल पुन सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन समितिका सदस्य सचिव पदम बहादुर रानाले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

